ह्याप्पी बर्थ डे सलमान !
बलिउडका नम्बर एक अभिनेता सलमान खानले आज बिहिबार आफ्नो ४७ औँ जन्मदिन मनाएका छन् । सन् १९६५ को डिसेम्बर २७ मा मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमानलाई जन्मदिनको उपलक्ष्यमा बलिउड सहकर्मी तथा लाखौँ फ्यानहरुले शुभकामना दिएका छन् । सलमानलाई जन्मदिनको बधाइ दिन उनको घरमा गन्यमान्य सेलिब्रेटी पुगे छन् भने उनको घर बाहिर शुभेक्षुकको ठूलै घुइँचो लाग्यो ।
सन् १९८८ मा फिल्म बीवी हो तो ऐसी बाट बलिउडमा डेब्यू गरेका सलमानले अहिलेसम्म ८० भन्दा बढि बलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।
सलमान खानलाई जन्मदिनको शुभकामना दिँदै निर्माता करन जोहरले टि्वटेका छन्, जन्मदिनको शुभकामना…….आर्शिवादयुक्त वर्ष बनोस् । सोनाक्षी सिन्हाले पनि ह्याप्पी बर्थडे पान्डेजी भनेकी छिन् । त्यस्तै मल्लिका शेरावत तथा नेहा धुपियाहरुले पनि सलमानलाई टि्वटर मार्फत शुभकामना दिएका छन् ।
यो वर्ष दुइ हिट फिल्म रिलिज भएका सलमानका लागि सन् २०१२ निकै फाप्यो । उनको फिल्म एक था टाइगरले २ अर्ब भारु भन्दा बढि कमाएर इतिहास रच्यो भने अहिले दबंग टू ले पनि राम्रै व्यापार गरिरहेको छ । त्यस्तै सलमान खानले फेसबुक अकाउण्ट खोलेको, बलिउडमा सबैभन्दा ठूला करदाता बनेको, नशा रोगबाट पीडित बनेर उपचारका लागि अमेरिका गएको जस्ता समाचारले पनि यो वर्ष निकै चर्चा पाए । जे होस् सलमानका लागि अबको वर्ष पनि सुखद बनोस् । हाम्रो पनि जन्मदिनको शुभकामना ।





HAPPY BIRTHDAY SALMAN
[Reply]
Haamro Nepali jsto Hoina. Dhotti haru Umeeerrrr Lukaaauchha( only in Bollywood, Ekkdam Ummerrrr Lukaauchha), World maa, Bollywood r muslim mulukkmaa, Umeerrrrrr Lukaaauchha. yo Sallllu Vaai (Salman Khann) pni Vyo holaa, 52 brsa ta cross greyo yossle.
[Reply]