‘डीडीएलजी’ को याद दिलाउने साहरुखको ‘चेन्नाई एक्सप्रेस’

नायक साहरुख खान अहिले ‘चेन्नाई एक्सप्रेस’ नामक सिनेमाको छायांकनमा व्यस्त छन् । दिपिका पादुकोणसगको उनको जोडी सन् २०१३ मा जम्ने तयारीमा छ । बलिउडमा मसलेदार सिनेमाको व्यापार राम्रो भइरहेको समयमा साहरुखको यो सिनेमा पनि त्यस्तै बिषयमा केन्दि्रत छ । रोहित सेट्टकिो निर्देशनमा तयार भइरहेको यो सिनेमाको एक दृश्यले साहरुख खान अभिनित व्लकबस्टर सिनेमा ‘दिलवाले दुल्हनीया ले जायंगे’को याद दिलाउने छ ।

‘दिलवाले दुल्हनीया ले जायंगे’मा साहरुख र काजोललाई छायांकन गरिएको रेलको दृश्य निक्कै चर्चित बनेको थियो ।साहरुख र रोहित दुबैको लगानी रहेको ‘चेन्नाई एक्सप्रेस’मा पनि यस्तै एक दृश्य समावेश गरिएको छ । जहा साहरुख खान दिपिका पादुकोणलाई रेलमा प्रतिक्षा गरिरहेको देख्न सकिनेछ ।

यस्तै चलचित्रमा नायक साहरुख खानले एक डरलाग्दो द्वन्द्वको दृश्य समेत दिएका छन् । साहरुखले दिएको उक्त दृश्यको देखेर सिनेमाको युनिट समेत छक्क परेकेा छ । रोमान्सका बादशाह उपनामले परिचित बनेका साहरुख ‘चेन्नाई एक्सप्रेस’को प्रदर्शन पश्चात द्वन्द्वप्रधान सिनेमामा समेत छाउने धेरैको विश्लेषण छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries