पुजना सम्पर्क विहीन
नायिका पुजना स्त्री सम्पर्क बाहिर भएपछि चलचित्र ‘रक्षा’ युनिट तनावमा परेको छ । चलचित्रमा पुजनाको एउटा आइटम गीत छायांकन गर्न नै बाँकी छ । तर पुजनालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि तनावमा परेको निर्देशक राजु गिरीले बताएका छन् ।
केही हप्ता अघि पुजना दुबईमा हुने अवार्डका लागि त्यता हुइकिएकी थिइन् । त्यसपछि पुजना आफुहरुको सम्पर्कमा नआएको गिरीको भनाई छ । पुजनालाई दुबइबाट र्फकन साथ आइटम गीतको छायांकन गर्नु पर्छ भनी निर्माणपक्षले जानकारी समेत गराएको थियो ।
चलचित्र रक्षाको पोष्टर सार्वजनिक भएसँगै पुजना र निर्माणपक्ष बिच दुरी बढेको छ । यसैले पनि पुजना सम्पर्क बाहिर रहेको अनुमान लगाउन सकिन्छ । पबन बस्नेतको निर्माणमा तयार भएको यो चलचित्र चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने पक्का भएको छ । चलचित्रमा राजेश हमाल, अशोक फुयाँल, सुशिल पोखरेल, सारिका घिमिरे लगायतका कलाकारले समेत अभिनय गरेका छन् । चलचित्रमा पुजना र अशोकको एक उत्तेजक बेडसिन समेत समावेश गरिएको छ ।




pujna estrii ( pujana gurung), kathmandu frrkiiskeeyo nii !! Kathmandu maa,tehi kosile nchinni hotel maa bsera, tehi Director Raju giri sanga Raatvrii suttchha, ani, Dinn maa, hotel vitrai bsschha. yesto kuroo vneyo vne, kosaile thahah paako chhaina. kee vnni. raat tira, Raaju giri jaanchha haai.
[Reply]