खुल्यो ‘रिया’ को पर्दा

फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिया’ का कलाकारलाई निर्माणपक्षले सार्वजनिक गरेको छ । प्रचारप्रसारको सुरुवातमा कलाकारको अनुहार लुकाएको निर्माणपक्षले प्रदर्शन दिन नजिकिदै जादा सबै कलाकारको अनुहार देखाएको छ ।

एक युवतीको नामलाई आधार बनाएर शिर्षक तय गरिएको ‘रिया’ को शिर्ष भुमिकामा नव कलाकार अश्मिता काडेल देखिदैछिन् । उनका अलवा चलचित्रमा रामेश्वर बुर्लाकोटी, भुपेन्द्र खड्का, मनिष केसी, सुजित कुमारको मुख्य भुमिका छ । चलचित्रको लेखन, निर्माण तथा निर्देशक सुजित कुमारले गरेका हुन् । एक युवतीको प्रेममा एकतर्फी परेको केटाले गर्ने विभिन्न क्रियाकलापलाई सिनेमाले देखाउन खोजेको छ । यो चलचित्र साइको थि्रलर कथावस्तुमा आधारित छ ।चलचित्रमा लक्ष्मण शेषको संगीत, अच्युत घिमिरेको नृत्य, प्रदिप खड्काको द्वन्द्व, अभिषेक पौडेलको सम्पादन छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries