कट्रिनालाई फाप्यो यो वर्ष, करिनालाई झट्का
सन् २०१२ को समाप्तीसँगै बलिउडमा यसको समिक्षा पनि सुरु हुन थालेको छ । यो बर्ष बलिउडका चर्चित नायकहरुले अभिनय गरेको सिनेमाले १०० करोडको व्यापार सरल तरिकाले गरेका छन् । नायक सलमान खान, साहरुख खान, अक्षय कुमार, रणविर कपुर, अजय देवगन जस्ता कलाकारको सिनेमाले १०० करोडको व्यापार गरेका छन् । नायकहरुको बर्चस्व रहेको बलिउडमा यो बर्ष नायिकाहरु पनि एक सय करोडको क्लबमा सामेल भएका छन् । आखिर नायिकाहरुमा यो बर्ष सर्वाधिक चर्चित र नम्बर १ मा को रहन पुग्यो, यसको चर्चा हामी यहा गर्दैछौ । आखिर टप टेनको सुचिमा कुन नायिका कती औ स्थानमा पर्न सफल भए, आउनुहोस् जानौं ।
१.कट्रिना कैफः गतबर्ष सम्म नायिका करिना कपुरका कारण एक स्थान तल रहेकी नायिका कट्रिना कैफले यो बर्ष भने खुबै मिहिनेत गरिन् । यसैले पनि उनलाई यो बर्ष बक्स अफिसमा राम्रो साथ मिलेको छ । सन् २०१२ को सुरुवातमै चलचित्र ‘अग्निपथ’को चिक्नी चमेली बोलको गीतमा आइटम गरेर चर्चा कमाएकी कैफले यो बर्ष २ व्लकबस्टर सिनेमा दिइन् । सलमान खानसँग उनले अभिनय गरेको ‘एक था टाइगर’ले १९९ करोडको व्यापार गर्यो । यो सिनेमा बर्षकै सर्वाधिक व्यापार गर्ने सिनेमाको रुपमा दहरीयो । यस्तै कटि्रनाको दिवाली धमाका ‘जब तक हे जानले’ पनि बक्स अफिसमा कमाल मच्चायो । करिब १२५ करोडको व्यापार गरेको यो सिनेमाले कटि्रनालाई नम्बर १ को स्थानमा मात्र पुर्याएन, साहरुखसँगको उत्कृष्ट जोडिको रुपमा पनि चिनायो ।
२. प्रियंका चोपडाः हरेक किसिमका अभिनय गर्न सक्ने नायिका प्रियंका चोपडाका लागि यो बर्ष सुखद रह्यो । उनले अभिनय गरेका ‘अग्निपथ’ र ‘बर्फी’ले सय करोड भन्दा माथीको व्यापार गरे । ‘बर्फी’मा उनले गरेको अभिनयको चर्चा पनि धेरै नै भयो । साहरुख खानसँगको प्रेमसम्वन्धले पनि उनलाई यो बर्ष सर्वाधिक चर्चामा ल्यायो ।
३. अनुष्का शर्माः अनुष्कालाई चलचित्र जब तक हे जानले सर्वाधिक चर्चामा ल्याइदियो यो बर्ष । उनले चलचित्रमा निर्वाहा गरेको चुलबुले भुमिकालाई धेरैले मुक्तकण्ठले प्रशंसा पनि गरे । सिनेमा चल्नुको श्रेय कटि्रना भन्दा पनि अनुष्कालाई बढी गयो । भारतमा १२५ र ओभरसिजमा हालसम्म ७५ करोड माथीको बिजनेश गरेको जब तक हे जानले अनुष्कालाई यो बर्ष तेश्रो स्थानमा खडा गराएको छ ।
४. सोनाक्षी सिन्हाः नायिका सोनाक्षी सिन्हाका लागि यो बर्ष सुखद बन्यो । उनले अभिनय गरेका तीन सिनेमाले बक्स अफिसमा १०० करोड भन्दा माथीको व्यापार गरेका छन् । यो बर्षको सुरुवातमा प्रदर्शनमा आएको ‘राउडी राडोर’, दिवालीमा प्रदर्शनमा आएको ‘सन अफ सरदार’ र यो बर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘दबंग २’ ले सोनाक्षीलाई भाग्यमानी नायिकाको रुपमा चिनाएको छ ।
५. करिना कपुरः नायिका करिना कपुरका लागि यो बर्ष सफल रहन सकेन । उनले सर्वाधिक आशा गरेको हिरोइनले बक्स अफिसमा हाबा खाएपछि करिनाको करिअर पनि धरमरायो । यस्तै उनले सैफअलि खानसँग अभिनय गरेको चलचित्र ‘एजेन्ड बिनोद’ले समेत बक्स अफिसमा कुनै कमाल मच्चाउन नसकेपछि करिनाको करिअर ओरालो लागेको अड्कल काट्न थालिएको छ । उनले अभिनय गरेको चलचित्र ‘तलाश’ले पनि बक्स अफिसमा कुनै कमाल मच्चाउन सकेन । आमिर खानसँग करिना देखिएपनि चलचित्रले १ सय करोडको क्लबमा आफुलाई उभ्याउन सकेन । यो बर्ष करिना सैफअलि खानसँगको बिहेका कारणले बढि चर्चामा रहिन् ।
६. विद्या बालन : नायिका बिद्या बालनका लागि यो बर्ष सामान्य रहयो । व्यापारी सिद्धार्थ राय कपुरको तेश्रो श्रीमती भएर बिहे गरेपछि उनको चर्चाले बलिउड तात्यो । गतबर्ष ‘द डर्टि पिक्चर्स’बाट चर्चा कमाएकी विद्याका लागि यो बर्ष कहानी मात्र एक सफल सिनेमा दहरियो ।
७. आसिनः बलिउडमा नायिका आसिन अभिनयले भन्दा पनि भाग्यले चम्किएकी नायिकाको रुपमा परिचित छन् । उनले अभिनय गरेका प्राय सिनेमाले बक्स अफिसमा १ सय करोडको व्यापार गरेका छन् । उनले यो बर्ष अभिनय गरेको चलचित्र ‘बोल बच्चन’ १ सय करोडको क्लबमा उभियो । यस्तै ‘खेलाडी ७८६’ पनि व्यापारीक रुपमा सफल भएपछि आसिनको चर्चा यो बर्ष बलिउडमा चर्चित र सफल नायिकाको रुपमा चल्यो ।
८. दीपीका पादुकोणः यो बर्ष नायिका दीपीका पादुकोणको ‘ककटेल’ नामक एक मात्र सिनेमा हिट भयो । तर यसले पनि आफुलाई सय करोडको क्लबमा भने खडा गर्न सकेन । तर पनि दीपीकाको चर्चा भने बलिउडमा सर्बाधिक रुपमा रहन पुग्यो । दीपीका सन् २०१३ मा छाउने निश्चित भएकाले पनि सन् २०१२ मा उनको चर्चा धेरै भएको हो । उनले अभिनय गरेको ‘रेश २’ २०१३ को सुरुवातमै प्रदर्शनमा आउँदैछ । यस्तै नायक साहरुख खानसगको ‘चेन्नाई एक्सप्रेस’, उनका पूर्व प्रेमी रणबिर कपुरसँगको ‘ए जवानी दिवानी’, ‘रामलिला’जस्ता सिनेमा सन् २०१३ मा प्रदर्शनमा आउँदैछ ।
९. आलिया भट्टः नव नायिका आलिया भट्टको बलिउड प्रवेश धमकेदार रहन पुग्यो । करण जोहरको ‘स्टुडेन्ट अफ द इयर’ले उनलाई एकैपटक चर्चामा ल्यायो । यो सिनेमाको धमकेदार कलेक्शनले आलिया आउँदो बर्ष बलिउडमा छाउने निश्चित छ । आलियालाई यो बर्ष बलिउडमा एक सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।
१०. इलियाना डायनाः चलचित्र ‘बफिर्’ र ककटेलको सफलताले इलियाना डायनलाई यो बर्ष सफल बनायो । १ सय करोडको क्लबमा सामेल बफिर्मा उनले निर्वाहा गरेको भुमिकाको चर्चा निक्कै नै भयो । उनी पनि आउदो बर्षमा बलिउडमा धमाका मच्चाउने नायिकाको सुचिमा दहरिएकी छिन् ।



