कुकुरले बाटो काट्दा आर्यन बाइक दुर्घटनामा
नायक आर्यन सिग्देल बाइक दुर्घटनामा परि सामान्य घाइते भएका छन् । मध्यान्न १२ बजेतिर बालुवाटारतर्फ जादै गर्दा आर्यन दुर्घटनामा परेका हुन् । साथीले चलाएको बाइक पछि बसेका आर्यनको देब्रे हातमा चोट लागेको छ । एक्कासी कुकुरले बाटो काटेपछि बाइक लडेको बताइएको छ । तर आर्यन भने मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् ।
निर्माता कल्याण घिमिरेको गाडि लिएर प्राय हिड्ने आर्यन वुधबार भने गाडि घरमै छोडेर बाइकमा हुइकिएका थिए । बाइक दुर्घटनामा परेपछि आर्यनले आफुलाई सधै नराम्रो मात्र किन हुन्छ भनि फेसबुकमा स्टाटस समेत लेखेका छन् ।
वुधबार दिउसो साढे १२ बजेतिर आर्यनले फेसबुकमा लेखेका छन्, ‘अर्को एउटा राम्रो समाचार, म बाइक दुर्घटनामा परे । किन राम्रो चिज कहि हुदैन, नराम्रो भने भएको भई । ‘




baikko accident kassto hundu rahe cha tyo pani andaz ta bhayo j.. hos thaha hunu ramro ho …take care
[Reply]
Sarbahara Reply:
December 27th, 2012 at 4:36 am
खाली बाइक हैन, साइकलको एक्सिडेन्ट र हलो जोत्दा फालीले काटेको पनि थाहा छ नि यसलाई, नेपालको हिरो पो हो त, हलिउड बलिउड भएको भए पो त, एउटा फिल्म म ५०, ६० हजार हुन्छ होला गाडी त मागेर मात्रै त हो नि !
[Reply]
हात खुट्टा नै भाचिनु पर्ने सामान्य मात्रै भय छ
[Reply]
so sad.
[Reply]