३ करोड लिने करिना ५५ लाखमा चित्त बुझाउदै
बिहे पश्चात बलिउडका सबैजसो नायिकाको दिन गएको अड्कल काटिन्छ । यसको उदाहरणमा ऐश्वर्या राय बच्चन, करिश्मा कपुर, सिल्पा सेट्टी, लारा दत्त जस्तो चर्चित नायिका पर्छन् । यसको पछिल्लो उदाहरण बनेकी छिन् नायिका करिना कपुर ।
करिना कपुर सर्वाधिक कमाई गर्ने नायिकाको रुपमा चिनिन्थिन् । उनको ब्रान्ड भ्यालु पनि निक्कै महङ्गो थियो । बिहे वा कुनै अवार्ड कार्यक्रममा नाचेको उनी ३ करोडसम्म लिने गर्थिन् । तर सैफअलि खानसँगको बिहे पश्चात उनको ब्रान्ड भ्यालु निक्कै तल झरेको छ । सन् २०१३ को सुरुवातमा आयोजना हुन लागेको एक अवार्ड कार्यक्रमका लागि करिनाले मुश्किलले १ करोड माग गरेकी थिइन् । तर आयोजकले १ करोडमा पनि बार्गेनिङ गर्दै ५५ लाखमा संझौता गरेको खबर छ । अवार्ड कार्यक्रममा ३ करोड लिएर नाच्ने करिना अब ५५ लाखमा चित्त वुझाउन वाध्य भएकी छिन् । उनकै प्रतिस्पर्धी कटि्रना कैफले भने ४ अवार्ड कार्यक्रमका लागि १० करोड लिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
बिहे पश्चात नायिकाहरुको चर्चा र ब्रान्ड भ्यालु घट्छ भन्ने भनाई नायिका करिना कपुरमा पनि लागू भएको छ ।



