आर्यनको फेरियो रुप
नेपाली सिनेमाका नायक तथा नायिकाहरु सधै एकैनाशका चलचित्रमा अभिनय गर्नमै व्यस्त भएको देखिन्छ । नायक तथा नायिकाहरुले आफ्नो प्रस्तुती र भुमिकामा फरकपन दिन नसक्दा दर्शकले पनि उनीहरुलाई पत्याउन सकेका छैनन । सधैजसो लभस्टोरी सिनेमामा नै अभिनय गरेको आरोप लागिरहेका नायक आर्यन सिग्देलले एक चलचित्रका लागि नयाँ गेटअप बनाइरहेका छन् ।
अनलाइनखबरसँगको भेटमा आर्यनले आफ्नो नयाँ लुक्सका बारेमा खोल्दै भने, ‘एक नयाँ सिनेमाका लागि यो गेटअपमा आउने सोचाइमा छु ।’ ‘धुवाँ यो नशा’ नामक सिनेमा निर्देशन गरेका लक्ष्मण रिजालले निर्देशन गर्न लागेको एक चलचित्रमा आर्यनले बिल्कुल नयाँ गेटअप बनाउने तयारी गरेका छन् ।
आर्यनको भिन्न गेटअपमा उनलाई चिन्न धौ धौ पर्ने देखिन्छ ।




Yo huDina, yo NyaaarrrNyaaareee choorr Hudaina.
[Reply]