जुन भन्दा निता राम्री (भिडियो)

पौष १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमिले दिएको माया’को चर्चा अहिले चुलिदै गएको छ । सुनिता शर्माको प्रस्तुतीमा रेशु ढुंगानाले निर्माण गरेको चलचित्रमा विजय केरुङले निर्देशनको जिम्मा सम्हालेका छन् । चलचित्रको प्रचारप्रसारका लागि यसको निर्माणपक्ष अहिले देश दौडाहामा छ ।चलचित्रमा राज तिमिल्सिना, निता ढुंगाना, सुभाष मेचेका साथमा नव नायिका दिक्षा भण्डारीको अभिनय छ । युवायुवतीको प्रेमभन्दा केही माथी रहेर देश र समाजको प्रेमलाई उठान गरेको चलचित्रले राम्रो व्यापार गर्ने आशा गरिएको छ ।

चलचित्रको कथावस्तुले मुलधारका सिनेमा रुचाउने दर्शकको मन जित्ने विश्वास निर्माणपक्षको छ । अर्कोतिर सेक्स र उच्छृङ्खल सिनेमा हाबी भइरहेकोस समयमा विशुद्ध नेपालीपन बोकेको यो चलचित्रको व्यापार राम्रो रहने विश्वास धेरैको छ । महेश खड्काको संगीतमा समावेश चलचित्रका गीतसंगीतले पनि दर्शकलाई हलसम्म डोर्‍याउने विश्वास निर्माणपक्षले लिएको छ । चलचित्रको शिर्ष गीतमा नायिका निता ढुंगाना र नायक सुभाष मेचेलाई देख्न सकिन्छ ।

यस्तै चलचित्रमा समावेश ‘जुन तिमी के राम्री’बोलको गीत पनि अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिदै जादा निर्माणपक्षले एकैसाथ २ गीत अनलाइनखबरमार्फत दर्शकमाझ ल्याएको हो ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries