‘होस्टेल’ मा रमाउँदै चलचित्रकर्मीका छोराछोरी

चलचित्र ‘सायद’को सफलतासँगै निर्माता सुनिल रावल नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम होस्टेल ( अ कुल प्लेस टु ह्याङ आउट) राखिएको छ । चलचित्र ‘होस्टेल’ बाट नेपाली सिनेमाका चर्चित हस्तिहरुका छोराछोरी सिने नगरीमा भित्रदैछन् । नायक भुवन केसीका छोरा अनमोल केसी, शोभीत बस्नेतका छोरा सलोन बस्नेत, चर्चित कलाकार टिका पहाडीका छोरा गौरब पहाडीलाई यो सिनेमा भित्र देख्न सकिन्छ । यस्तै चलचित्रमा रिस्ता बस्नेत, सिञ्चना थापाको नायिकाको रुपमा देखिन लागेका छन् ।नायिकाको रुपमा देखिन लागेकी रिस्ता मेकअप आर्टिस्ट विपना बस्नेतकी छोरी हुन् । चलचित्रमा निर्माता सुनिल रावल विशेष भुमिकामा देखिन लागेको बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकनमा तयार हुने चलचत्रिमा स्याडोज व्यान्ड, विवश पौडेल, अर्जुन पोखरेल र प्रतिक सापकाटाकोे संगीत रहने पक्का भएको छ । हेमराज क्षेत्रीको निर्देशनम तयार हुन लागेको सिनेमाको छायांकनको माघको दोश्रो साताबाट सुरु गरिनेछ ।

हाल धमाधम प्रि प्रोडक्शनको काम भइरहेको यो सिनेमा युवापुस्तामा लक्षित रहेको छ ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries