‘बर्फी !’ ओस्कारबाट बाहिरियो
बलिउडी फिल्म ‘बर्फी !’ ओस्कार अवार्डको दौडबाट बाहिरिएको छ । निर्देशक अनुराग बासुको फिल्म वेष्ट फरेन फिल्मको क्याटगोरीमा स्थान बनाउन असफल भयो । ‘बर्फी !’ अन्तिम पाँचका लागि सार्वजनिक गरिएको ९ फिल्मको सूचीमा पर्न सकेन ।
फिल्ममा रणवीर कपुर, पि्रयंका चोपडा, इलियाना डीक्रूजको मूख्य भूमिका छ । बक्स अफिसमा यसले जबरजस्त सफलता पाएको थियो । यद्यपी यसमा हलिउडको हुवहु कपी गरेको आरोप पनि लागेको थियो ।



