कलाकारको बनभोजमा अटोग्राफको बिगबिगी(फोटो फिचरसहित)

नेपाल चलचित्र कलाकार संघले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । नबल खड्का अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजना भएको बनभोज कार्यक्रममा नेपाली सिनेमाका थुप्रै चलचित्रकर्मी सहभागी भएका थिए । ललितपुरको गोदाबरीमा आयोजना गरिएको बनभोज कार्यक्रममा नायक आर्यन सिग्देल, नायिका निशा अधिकारी, हास्यकलाकारद्धय दिपकराज गिरी, दिपाश्री निरौला, गायिका निशा सुनुवार, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष बिमल पौडेल लगायतका चलचित्रकर्मी सहभागी थिए ।कलाकारहरु बिच सम्वन्ध निकट बनाउन र रमाइलो गर्ने उद्देश्यले आयोजना गरिएको बनभोज कार्यक्रम शनिबार दिनभर नै चलेको थियो । गोदाबरीको खुल्ला चौरमा आयोजना गरिएकाले पनि चर्चित कलाकारहरु आफ्ना फ्यानको घेरामा घेरिएका थिए । कार्यक्रमको सुरुवातमै पुगेकी नायिका निशा अधिकारीसँग फोटो खिचाउने र अटोग्राफ लिनेको भिड नै देखिएको थियो ।यस्तै २ बजेतिर गोदाबरीमा आयोजना गरिएको पिकनिक स्थलमा पुगेका नायक आर्यन सिग्देललाई पनि उनका फ्यानहरुले घेरेका थिए । केही फरक गेटअप गरेकाले उनलाई सुरुवातमा भने दर्शकले चिन्न पाएनन् । तर जब कार्यक्रम उद्घोषकले उनको नाम लिए यसपश्चात आर्यनसँग फोटो खिचाउने र अटोग्राफ माग्नेको भिड नै लाग्यो ।तर खुल्ला चौरमा आयोजना गरिएकाले पनि कलाकारहरुले आफुलाई फिक्का महशुश गरेका थिए । यसैले पनि कार्यक्रमस्थलमा केही समय बसेर नायक आर्यन सिग्देल, नायिका निशा अधिकारी फर्किएका थिए । तर कलाकार संघले आयोजना गरेको कार्यक्रममा कलाकरहरुको उपस्थिती भने आशा गरिए अनुसार देखिएको थिएन । कलाकार संघका सचिव उत्तम केसीले अर्को बर्षदेखि व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

2 Comments on “कलाकारको बनभोजमा अटोग्राफको बिगबिगी(फोटो फिचरसहित)”

  • Mr nepal wrote on 22 December, 2012, 19:54

    Kaam navayeko harule matrai npli kalakar ko autographs linxan

    [Reply]

    Kris gaihre Reply:

    अनपढ हरूकाे जमात हाे नेपालि चलचित्र क्षेत्र…अटाेग्राफ किन लिनु…

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries