मिस नेपाल प्रतियोगिता चैतमा, प्रायोजक फेरियो

द हिडेन ट्रेजर प्रालिले बोटलर्स नेपालको प्रायोजनमा यस वर्ष हुने १८ औं मिस नेपाल प्रतियोगिताआगामी चैत २ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि तालिम र तयारीका काम सुरु भएको छ । प्रायोजनसम्बन्धी सम्झौताअनुसार मिस नेपाल हुनेले एक वर्षसम्म फ्यान्टाको ब्रान्ड एम्बस्डर हुनुपर्नेछ ।आयोजक संस्थाका अध्यक्ष गोपालचन्द्र कक्षपतिले प्रतियोगितामा भाग लिनका लागि आगामी माघ १८ गतेभित्र आवेदन सङ्कलन हुने बताउँदै यस पटकबाट सहभागीको सुविधाका लागि देशका कास्की, रुपन्देही, मोरङ, चितवन र काठमाडौंमा छनोट कार्यक्रम तर्जुमा गरिने जनाए ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries