‘क्विन’मा कंगना नांगिने

बलिउड फिल्म तलाशमा रानी मुखर्जीले मेकअप नगरीकनै एक्टिङ गरेकी छिन् । रानीको यहीँ सिको गर्दै अर्की अभिनेत्री कंगना रणावत पनि फिल्म ‘क्विन’मा मेकअप नगरीकनै प्रस्तुत हुँदैछिन् । अझ रोचक कुरा त के भने कंगनाले यो फिल्ममा एक नग्न दृश्य पनि दिनेछिन् ।मेकअप बिना एक्टिङ गर्ने आइडिया कंगनालाई दिल्लीमा कलेजका तरुनीहरुबाट मिलेको हो । यो फिल्मको शूटिङ दुइ दिन पहिले दिल्लीमा सुरु भैसकेको छ । शूटिङको दोश्रो दिन करोल बाग तथा पीतमपूरामा कंगनालाई हेर्नेको भीड नै लागेको थियो ।

समाचार अनुसार कंगनालाई हेर्न त्यहाँ १० हजार भन्दा बढि फ्यान जम्मा भएका थिए । विक्रान्त बहलको क्विनमा अनुबन्ध हुनुअघि कंगनाको फिल्म तनु वेड्स मनु जबरजस्त हिट भएको थियो । कंगनाको पछिल्लो फिल्म एक केटीको कहानीमा आधारित छ जो आफ्नो दाम्पत्य जीवन भंग भएसँगै एक्लै हनिमुन मनाउने जाने निधो गर्छे ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries