‘धुर्मुर्स’ छाडेर ‘तक्मे बूढातिर’ लागे ‘माग्ने बूढा’

जोडी बनाउँदै हास्य यात्रा सुरु गरी लोकप्रिय हास्य टेलिशृङ्खला मेरी बास्सैमार्फत दर्शकलाई हसाइरहेका सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बूढा’ले औपचारिक ब्यबसायीक सहकार्य तोडेका छन् ।

‘ब्यबसायीक जोडी टुटेकै हो, ब्यक्तिगत सम्बन्ध भने राम्रै छ’ माग्ने बूढा अर्थात केदार घिमिरेले शनिवार प्रकाशित अन्नपूर्ण पोष्टसँगको अन्र्तवार्तामा भनेका छन- ‘ हाम्रो सम्बन्ध बिगि्रयो, हामीवीचको खटपट इतिहास भएर गयो, अब आ-आफ्नै ढंगबाट अगाडी बढ्छौं ।’२०६८ सालको गाइजात्रादेखि धुर्मुससँग सहकार्य टुटेको खुलासा गर्दै घिमिरेले भने- मैले त केही भनेको छैन, उहाँ कहिले मलाई भगवान भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, उहाँलाई नराम्रो भनेर म राम्रो बन्न सक्दिन ।’ घिमिरेले सितारामलाई भर्सटाइल कलाकारको रुपमा टिप्पणी गर्दै भने- केदार घिमिरे सिताराम कट्टेलजस्तो राम्रो कलाकार बन्न सकेको छैन् ।’

बोलचालै नभएको भन्ने हल्ला चाहिं सत्य नभएको भन्दै घिमिरेले सिताराम आफ्नो घरमा आउने, भेटेर कुराकानी गर्ने गरिरहेको बताए । जोडी टुटेकै कारण शृङ्खला खल्लो भएको भन्ने आफुलाई नलागेको भन्दै माग्ने बुढाले कम्पनी दुई जनाकै नाममा भएकाले यही तरिकाले अगाडी बढ्ने बताए ।

उनले आफ्नो नयाँ जोडी तक्मे बूढा अर्थात विल्सनबिक्रम राईसँग बनाएको घोषणा गरेका छन् । सिरियलमा बिल्सनबिक्रमलाई ल्याएदेखि नै दर्शकले दुई बूढालाई सँगै हेर्ने चाहना राखेकाले दर्शकको चाहना अनुसार नै जोडी बनाएको दावी गरे । नयाँ जोडीले

कलाकारको महत्वाकांक्षा र टेलिभिजनहरुका कारण कलाकारको जोडी टुट्ने गरेको उनले बताए । कमेडी कलाकारहरुले अभ्यास र अध्ययनका लागि पर्याप्त समय नमिल्दा कमेडी दुब्लाएको घिमिरेले टिप्पणी गरे ।

 

One Comment on “‘धुर्मुर्स’ छाडेर ‘तक्मे बूढातिर’ लागे ‘माग्ने बूढा’”

  • Thapa Kaji wrote on 22 December, 2012, 17:26

    yo sabai dhurmuse ra suntali ko karan le bhayeko ho jasto lagchha. Dhurmus bhanne fataha jasto lagchha hai malai, maile dherai jana ko mukh bata suneko chho dhurmus ghamandi ani pakhandi chha vanera.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries