चुच्चेपाटीमा पनि मल्टिप्लेक्स, टिकट अन्यत्रभन्दा सस्तो
काठमाण्डौका सिनेमा पारखीहरुलाई खुसीको खवर छ । तपाई चावहिल-जोरपाटी क्षेत्रमा बस्नुहुन्छ र शहरको केन्द्रतिर रहेका मल्टिप्लेक्सको स्वाद खोजिरहनुभएको छ भने तपाईंको नजिकै सुबिधासम्पन्न तीनवटा नयाँ हल खुलेका छन् ।
काठमाण्डौको चाबहिल चुच्चेपाटीमा हालै संचालनमा आएको केएल टावरमा एफक्वु नामक मल्टिप्लेक्स सिनेमा हल संचालनमा आएको छ । तत्कालका लागि दुईवटा हल संचालनमा आएका छन जसको उद्घाटन बिहीवार गरिएको छ भने अर्को एक हल तीन महिनाभित्र संचालनमा आउने छ ।
कुमारी, जय नेपाल र सिभिल मलमा मल्टिप्लेक्स संजाल चलाइरहेको क्युएफएक्सको सहभागीतामा एफक्युव संचालन भएको हो । नेपाली, हिन्दी र अंग्रेजी सिनेमाहरु २ डी र ३ डी प्रबिधिमा हेर्न पाइने यसका संचालकहरुले बताएका छन् ।
एफ क्युवको सवैभन्दा महत्वपूर्ण पक्ष के हो भने शहरमा संचालित अन्य मल्टिप्लेक्सभन्दा निकै सस्तो दरमा टिकट पाइन्छ । बिदाका दिनमा ३ सय रुपैयाँ पर्ने टिकट अन्य दिनमा २ सय रुपैयाँमै पाइन्छ भने बिहानी सो १ सय ५० रुपैयाँमा मात्र ।




30 kasari aru bhanda aadhi sasto bhayo dear Admin?? manchhe lai jhukyaune ???? advertise lai news ko rupma narakhe hunthyo …. advertisement kai rupma rakhe ajhai ramro paisa aauthyo ….
[Reply]