रेकर्ड तोड्ला दबंग २ ले ?
बलिउडमा मसलेदार र रिमेक सिनेमाले व्यापार गरिरहेको समयमा नायक सलमान खान अभिनित चलचित्र ‘दबंग २’ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । ‘दबंग’ले राम्रो व्यापार गरेकाले पनि दबंग २ ले सलमानका अघिल्ला सिनेमाले गरेको व्यापारको रेकर्ड तोड्ने अनुमान धेरैले लगाइरहेका छन् । एक था टाइगरले लगभग २०० करोड कमाएकाले पनि ‘दबंग २’ अझमाथि जाने आंकलन गरिएको छ । के धेरैले अनुमान गरेजस्तो छ त ‘दबंग २’ ?
‘दबंग २’ को सुरुवात चुलबुल पाण्डे कानपुर आएसगै हुन्छ । विवाहित चुलबुल पाण्डे (सलमान खान) आफ्नो पत्नि रज्जो (सोनाक्षी सिन्हा), पिता (बिनोद खन्ना) र भाई मक्खी (अरबाज खान) को साथमा ट्रान्सफर भएर कानपुर आउँछ । चुलबुलको भेट स्थानीय नेता बच्चा भैया (प्रकाश राज)सँग हुन्छ । नेता कम र गुन्डा धेरै बच्चा भैया को एक भाइलाई चुलबुल पाण्डेले मारिदिन्छ । यसपछि चुलबुल र बच्चा भैयाको द्वन्द्व सुरु हुन्छ ।
यस्तै मसलेदार कथामा घुमेको चलचित्र ‘दबंग २’मा नयाँ केही पनि छैन ।
सलमान खानलाई न त अभिनय गर्न आउँछ न त उनीभित्र फरक प्रतिभा नै छ भन्ने कुरालाई थप पुष्टि यो सिनेमाले गरेको छ । आफुले जे गरेपनि आफ्ना फ्यानले मन पराउने भएकाले सलमान कुनै पनि सिनेमामा नयाँ प्रयोग गर्न रुचाउँदैनन् । केही सिनेमाले राम्रो व्यापार गरिरहेकाले पनि सलमान सिनेमाभित्र नयाँ प्रयोग भन्दा पनि मसला समावेश गर्न नै रुचाउँछन् ।
चलचित्रमा प्रकाश राजको भूमिका पनि बुलंद हुने आशा गरिएको थियो । तर उनी पनि सामान्य रोलमा नै चित्त बुझाउन विवश छन् । सोनाक्षी नाच्न र सलमानको पछि पछि लाग्नमा मात्र सिमित छिन् । धेरैले आशा गरेको ‘फेविकोल’ बोलको गीतले करिनालाई चम्काउादैन । अन्य गीतसंगीत सामान्य छन् ।
चलचित्र दबंग २ मा खासै केही पनि छैन । चलचित्र भित्र एउटै कुरा छ, त्यो हो सलमान खान । सलमान खानका फ्यानहरुलाई दबंग २ मन पर्न सक्छ । तर स्तरीय कथावस्तु र ओझिलो फिल्म रुचाउनेका लागि ‘दबंग २’ हात्ति आयो हात्ति आयो फुस्स मात्र हुनसक्छ ।




kasto editor rai6, salman lai na aye afu acting garna gaye hunthyo ni ta..comment garnalai pahile afu sakshyam hunupar6
[Reply]