अमेरिका गएर ठूलो गल्ति गरेँ : सरोज खनाल

नेपाली सिनेमामा एउटा उचाईमा पुगिरहेको समयमा नायक सरोज खनाल अमेरिका भासिए । गायक प्रेमराजा महत्तसँग कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका उनी यसपछि उत्तै बसे । नेपाली सिनेमालाई सरोज खनालको आवश्यकता परिरहेको समयमा अमेरिका हानिएपछि उनको आलोचना पनि धेरै भएको थियो ।हाल कामको सिलसिलामा नेपाल आएका सरोजले आफु अमेरिका जानु ठूलो भूल भएको स्विकार गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सरोजल आफुले अमेरिकामा बसेर गल्ति गरेको स्विकार गरेका हुन् । ‘मेरो कर्ममा नै यस्तो रहेछ, तर मैले गर्न नहुने काम गरेको हुँ’ सरोजले भने ।

हाल नेपालमा रहेका सरोज नयाँ सिनेमा बनाउने तयारीमा छन् । हाल कथाको काम धमाधम भइरहेको उनको भनाई छ । डिसेम्बर २६ मा अमेरिका र्फकन लागेका सरोज ६ महिना पछि पुनः नेपाल आउनेछन् । नेपाल आएपछि सिनेमाको कामलाई अघि बढाउने उनको भनाई छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries