प्रियंकालाई हिरोइन बनाउन शाहरुखको दौडधुप
प्रियंका चोपडासँगको सम्बन्धका विषयमा चलेका अनेक हल्लाका कारण आफ्नो घरबारै बिगि्रने खतरा उत्पन्न भएपनि बलिउड अभिनेता शाहरुख खान चोपडासँगको रोमान्समा पूर्णविराम लगाउन चाहन्नन् भन्ने कुरा पछिल्लो घटनाले प्रष्टै पारेको छ ।
उनले आफुले खेल्न लागेको नयाँ फिल्ममा चोपडालाई हिरोइन बनाउन निकै दौडधुप मात्र गरिरहेका छैनन् निर्देशकलाई नै दबाब दिइरहेका छन् । समाचार अनुसार आफ्नो आसन्न फिल्म ह्याप्पी न्यू इयर मा चोपडालाई अभिनेत्रीको रुपमा अनुबन्ध गर्न उनले फिल्मका निर्देशक फराह खानलाई चर्को दबाब दिइरहेका छन् । बाहिर बाहिर सँगै डुल्दा हल्ला बढि चलेपछि फिल्मको शुटिङको निहुँमा रोमान्स गर्न पाउने आशामा शाहरुखले चोपडालाई हिरोइन बनाउन चाहेको कतिपयको विश्लेषण छ ।
शाहरुखको करकरका कारण फराह पनि दिक्क भएर फिल्ममा चोपडालाई नै हिरोइन बनाउने लगभग निर्णयमै पुगिसकेको बताइन्छ । यसका लागि पि्रयंकासँग केही चरणका छलफल समेत गरिसकेका छन् । शाहरुखकै दबाबका कारण नाम चलेका करीना, कटरिना तथा दीपिका पादुकोण लगायतलाई नछानेर फराह खान प्रियंकालाई नै ह्याप्पी न्यू इयरकी हिरोइन बनाउने निधोमा पुगेको बताइन्छ । हेरौँ शाहरुखका कारण चोपडाको आउँदो वर्ष कत्तिको सुखद बन्ने हो ।



