सलमानले किने करोडौँको जग्गा

बलिउडका नम्बर वान अभिनेता सलमान खान यो बेला सफलताको चुलीमै छन् । उनको कमाई बलिउडमा सबैभन्दा बढि छ । उनी आफ्नो यो कमाइ ओरालो लागोस् भन्ने चाहन्नन् । त्यसैले होला उनले आफ्नो बिजनेसलाई अझै उचाइमा पूराउनका लागि नयाँ कार्यालय खोल्न १ अर्ब २० करोड भारुमा जग्गा खरीद गरेका छन् ।

१४ हजार वर्गफिटको उक्त प्लट मुम्बइको सान्ताक्रुजस्थि लिंकिङ्ग रोडमा अवस्थित छ, जुन मुम्बइको एक महत्वपूर्ण लोकेसन मानिन्छ । सलमानले उक्त जग्गाको धनीलाई १ अर्ब २० करोड भारु भुक्तान गरिसकेका छन् ।

प्रथेश डेभलपर्स कम्पनीमार्फत सलमानले यो जग्गा खरीद गरेको समाचार छ । यो जग्गामा पहिले यान्त्रिक सोसाइटीको भवन थियो, जसलाई तिन वर्षअघि प्रथेस कम्पनीले किनेर भवन भत्काएर जग्गा सम्याएको थियो ।

यो विशाल जग्गामा सलमानले आफ्नो भव्य फिल्म कम्पनी बनाउने योजना बनाएको बताइन्छ । यद्यपि यो विषयमा सलमानले केही पनि बोलेका छैनन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries