बलिउडका कलाकार कत्ति तिर्छन् कर ?
राज्यलाई कर तिर्ने बिषयमा बलिउडका कलाकार निक्कै अघि छन् । आफ्नो कमाइको केही हिस्सा राज्यलाई वुझाउने बिषयमा बलिउड सेलिब्रटी बिच तछाडमछाड नै हुने गर्दछ । कर समयमा वुझाउने भएकाले उनीहरुलाई राज्यले सुविधा पनि प्रशस्त दिएको छ ।
यो बर्ष नायक सलमान खानले सर्वाधिक कर वुझाएका छन् । चलचित्र ‘एक था टाइगर’ले करिब २ सय करोडको व्यापार गरेपछि सलमानको आम्दानी यो बर्ष बढेको हो । उनले गतबर्ष ५ करोड कर तिरेका सलमानले यो बर्ष ८ करोड राज्यको ढुकुटीमा जम्मा गरेका छन् । यस्तै नायक अक्ष कुमारले यो बर्ष ७.५ करोड कर तिरेका छन् । ‘हाउसफुल २’ र ‘रावडी राडोर’ १ सय करोडको क्लबमा समावेश भएपछि उनको आम्दानी पनि बढेको हो । अक्षले गतबर्ष ५ करोड कर तिरेका थिए ।
चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपत्ती’बाट राम्रो आम्दानी गरिरहेका अमिताभ बच्चनले यो बर्ष ५ करोड कर तिरेका छन् । उनले गतबर्ष १.४ करोड कर तिरेका थिए । कर तिर्ने सेलिब्रेटीको सुचिमा नायक साहरुख खान चौथो स्थानमा छन् । उनले यो बर्ष ५ करोड कर तिरेका छन् । यस्तै नायक रणबिर कपुरले ४ करोड, अमिर खानले ३.२५ करोड, सैफअली खानले ३ करोड कर तिरेका छन् ।
कर तिर्ने नायिकाहरुको सुचिमा ऐश्वर्या राय अंग्रपंक्तिमा छिन् । गत बर्ष १.१ करोड कर तिरेकी उनले यो बर्ष ३ करोड कर राज्यलाई वुझाएकी छिन् । नायिका कटि्रना कैफले यो बर्ष २.६० करोड कर तिरेकी छिन् भने नायिका करिना कपुरले २.२० करोड कर राज्यलाई वुझाएकी छिन् ।




hey god hamro dajoma eniharulai herne ho bhane ta ufffffff hoina yo baliwood kalakaar haruko lakh bhanne word nai chhaina ki k ho sabai karood ko matrai kura hunchha ta
[Reply]
interesting…
[Reply]
nepalma pani dherai kar tirthiyo hola tar nepali kalakarharuko ramro budi chha kin tirne nepal sarkalai dherai kar sabai bharsta chariharule khan6na baru afui khane ni jata bhayepani hahahaha sarkar gatilo hunhupareu ni
[Reply]
kar nai karod ma paid….tyaso vye income kati hola…
[Reply]
BIPIN_RAZZ@HOTMAIL.COM Reply:
November 24th, 2012 at 9:08 am
INCOME KATI HUNU NI EK MOVIE KHELAKO 100 KAROD NI THAA CHAINA
[Reply]