कार्यशालाको पहिलो गासमै ढुंगा, कलाकारले साथ दिएनन्
चलचित्र निर्देशक समाजले आयोजना गरेको दोश्रो कार्यशाला गोष्ठिको उद्घाटन समारोहमा नेपाली सिने क्षेत्रका चर्चित कलाकारको अभाव देखिएको छ । महोत्सवको उद्घाटन समारोहमा प्रचार गरिए अनुसार कलाकार नपुग्दा दर्शक आक्रोशित समेत भएका छन् । नायक जीवन लुइटेल, नायिका नीशा अधिकारी, केकी अधिकारी लगायतका कलाकार लमजुङ पुग्ने प्रचार निर्देशक समाजले गरेको थियो ।
सांकृतिक कार्यक्रममा चर्चित कलाकार आउने भएपछि दर्शकले पनि टिकट खरिद गरेरै उनीहरुलाई पर्खिएका थिए । तर कार्यक्रममा २५० रुपियाको टिकट काटेर पुगेका दर्शकले चल्तिका कलाकार कोही पनि नपाउदा आक्रोश व्यक्त गरेका हुन् ।
नायक जीवन लुइटेलले आफुलाई ढिलो खबर भएकाले जान नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘लमजुङ जानु भन्दा १ दिन अघि मात्र आयोजकले मलाई खबर गरेकाले समय मिलाउन सकिन ।’
कार्यक्रममा नव नायक गजित बिष्ट, नव कलाकार सफलता खनाल, राहुल केसी र गायक दिपक लिम्बुले विभिन्न प्रस्तुती राखेका थिए । वुधबार औपचारीक रुपमा उद्घाटन गरिएको कार्यशाला गोष्ठि बिहिबारदेखी सुरु भएको छ । कार्यशाला गोष्ठि ११ गते सम्पन्न हुने कार्यक्रम छ ।



