‘आइ लभ यू’ सँग मिलेकै हो त ‘ग्याङन्याम स्टाइल’

विश्वमै चर्चित बनिरहेको साउथ कोरियन गीत ग्याङन्याम स्टाइलमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि नृत्य गरेका छन् । ग्याङन्याम स्टाइलमा हमाल र मानन्धर दिल खोलेर नाचेका छन् ।

तर नेपालका चर्चित यि दुई जोडीले ग्याङन्याम स्टाइल गीतमा नृत्य गरेका भने होइनन् । यि दुईले अभिनय गरेको चलचित्र ‘साथी’ मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ बोलको गीतको भिडियोलाई चर्चित कोरियन गीत ग्याङन्याम स्टाइलमा ढालिएको छ । सामाजिक संजाल युट्युबमा राखिएको उक्त भिडियोले अहिले खुबै चर्चा पाइरहेको छ । भिडियो हेर्दा कोरियन गीतमा नेपाली दुई सुपरस्टारले नृत्य गरेजस्तै लाग्छ ।

नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई चर्चित जोडीको रुपमा परिचय दिएको ‘साथी’ चलचित्रको ‘आइ लभ यू’ बोलको गीतको भिडियोलाई ग्याङन्याम स्टाइलमा ढालिएको भिडियो यस्तो छ :

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries