विग बोशमा संसारकै होची महिला

चर्चित रियालिटी शो ‘विग बोस’ विभिन्न कारणले चर्चामा आइरहेको छ । ‘विग वोस’को घरमा विश्वमा विभिन्न कारणले चर्चामा रहेका व्यक्तिहरुको उपस्थिती भइरहेको छ । फेसन स्टाइलिस इमाम सिद्दिकीलाई विवादका कारण विग बोसको घरबाट बाहिर निकाल्नु परेको थियो । इमामलाई बाहिर निकालेपछि बिग बोसमा नयाँ व्यक्ति को आउछ भन्ने चर्चा पनि चलेको थियो ।

विग बोशमा अब संसारकै सबैभन्दा होची महिला ज्योती आम्गेको प्रवेश हुने भएको छ । १८ बषिर्य ज्योतीको नाम गिनिज बुकमा समेत दर्ता भैसकेको छ । उनी विग बोशको दोश्रो नयाँ घरमा आश्का गोराडिया र निरहुआ को साथमा बस्नेछिन् । ज्योतीले आफु नायक सलमान खानलाई भेट्नका लागि विग बोशमा सहभागी हुन लागेको बताएकी छिन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries