पौने दुईलाखमा बिक्यो पूजनाको जवानी
रंगिन दुनियाँबाट धर्मकर्ममा लागेकी पूजना प्रधान फेरि पुरानै ठाउँमा फर्किएकी छिन् । पछिल्लो समय उनी चलचित्र क्षेत्रबाट केही टाढा रहेर अनाथ बालबालिकाको लागि आश्रम संचालनमा व्यस्त थिइन् । तर रंगिन दुनियाँलाई उनले बिर्सन सकिनन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दा नै टु पिसमा फोटोसेसन गरेर तहल्का मच्चाएकी उनले त्यसपछि पनि सिनेमाको पर्दामा थुप्रै हट सिन दिएकी थिइन् ।
आफ्ना यस्ता दृश्यबाट वाक्क भएको भन्दै उनले आफ्नो नामको पछाडि स्त्री झुण्ड्याएर आश्रम संचालन गरेकी थिइन् । आश्रममा ध्यान गर्ने र सरसंगत सिकाउने पूजनाले आफ्नो पुरानो छवीलाई लामो समयसम्म रोक्न सकिनन् । एउटा चलचित्रमा उनले थुप्रै बेडसिन र हट दृश्य दिँदैछिन् ।
शुभमुहुर्त गरी छायांकनको क्रममा रहेको चलचित्र ‘रक्षा’मा पूजनाको जवानी फेरि बिक्ने भएको हो । चलचित्र बिन्दासका निर्देशक समेत रहेका रक्षाका निर्देशक राजु गिरीले सिनेमाभित्र प्रशस्त हट दृश्य हुने बताए । उनले बिन्दासको भन्दा पनि हट दृश्य खिच्ने अनलाइनखबरसँग बताएका छन् । पूजनालाई निर्माणपक्षले ड्रेस सहित १ लाख ७५ हजार रुपैंयामा सम्झौता गरेको छ ।
नायिका प्रधानले पनि कलाकार भएपछि सबै खालका भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने सोचाई आफुले राखेको बताइन् । आश्रममा लागेकी पूजनाले ग्ल्यामर भूमिका गर्दिन भन्नेहरुका लागि एउटा गतिलो जवाफ सिनेमा मार्फत दिने उनले उद्घोष समेत गरेकी छिन् । उनले आफू ग्ल्यामर भूमिकाबाट बाहिर नगएको बताउदै भनिन् -’पर्दामा म नायिका हुँ, आश्रममा म साधिका हुँ ।’
पबन बस्नेतको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा राजेश हमाल, सुशान्त कार्की, अशोक फुयाँल लगायतका कलाकारको अभिनय रहनेछ ।




Lau yo tetii raamro filim Hudaina. Kinvne, yo Pujana Gurung ko kaam raamro chhaina. Huna ta yessle Dherai Filim khelliiskeyo. tra, Naam linu preeyo vne, eutaa pni chhaina. Boru yo vnndaa ta, channdaa Ghissing hunnchha. Yossle filim kheleeko chaleeeko chhaina/challdaina.
[Reply]