समलिङ्गीसँग चुम्बन गर्दा नायक बेहोस

केटा केटा बिचको प्रेम सम्वन्ध र सेक्सका दृश्य समावेश गरिएको चलचित्र ‘लभ यु म्यान’ मंसिरको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् । नायक नायिका बिचका यस्ता दृश्य सामान्य लागेपनि केटा केटा बिच भने असामान्य नै लाग्छ ।

तर ‘लभ यु म्यान’मा भने राज र सुरेशले यस्ता कैयौ दृश्य दिएका छन् । तर चलचित्रका नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिन आफुलाई अप्ठ्यारो भएको रहस्य खोलेका छन् । सुरेशसँग लिप्स किस दिदा आफुले वान्ता गरेको अनुभव उनले अनलाइनखबरसँग साटेका छन् । सिनेमाको छायांकन सकिएको केही दिनसम्म पनि आफुमा समलिङ्गीले जस्तो क्रियाकलाप नगएको उनको भनाई छ ।

केटासँग अन्डरवेयर मात्र लगाएर वेड सिन दिदा धेरै नै अप्ठ्यारो भएको राजको अनुभव छ । ‘सबैको अघि केटासँग भित्रि कपडा लगाएर चुम्बनमा लुटपुटिदा धेरै नै गाह्रो हुदो रहेछ’ राजले अनौठो अनुभव सुनाए ।

वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू म्यान’मा राज आर्यन र सुरेश चौधरीको रोमान्स हेर्न सकिन्छ । चलचित्र ‘सुनगाभा’मा नायिका नीशा अधिकारी र दिया मास्केले पनि समलिङ्गीको भुमिका निर्वाहा गरेका छन् । चलचित्रमा काम गरिसकेपछि आफु समलिङ्गी जस्तै लागेको अनुभव केही समय अघि नायिका अधिकारीले सुनाएकी थिईन् ।

 

One Comment on “समलिङ्गीसँग चुम्बन गर्दा नायक बेहोस”

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries