कहाँ कहाँ लगानी गर्छन् साहरुख (फोटो फिचरसहित)
साहरुख खान विश्वकै चर्चित नायक मात्र होइनन् एउटा असल पिता पनि हुन् । आफ्ना दुई सन्तान नै आफ्नो साथी भन्ने साहरुख उनीहरुसँगै खाली समय बिताउन रुचाउछन् । उनको बालवालिका प्रतिको माया र आकर्षण यसबाट पनि प्रष्ट हुन्छ ।
चलचित्र ‘जब तक हे जान’ को प्रचारका लागि दौडधुप गरिरहेका साहरुखले समय निकालेर मुम्बईको एक मलमा संचालनमा आएको थिम पार्कको उद्घाटन गर्न पुगेका छन् । मुम्बइको आर सीटी मलमा संचालनमा आएको किडजेनिया इंडिया थीम पार्कको उद्घाटन गर्न बलिउड बादशाह पुगेका हुन् ।

साहरुख यो थीम पार्कको सह संचालक समेत हुन् । भारत लगायत विश्वका विभिन्न कम्पनीमा लगानी गर्दै आएका साहरुखको रुचि अब बच्चाहरुतर्फ बढेको देखिन्छ । मलको उद्घाटन पश्चात साहरुख बच्चाहरुसँग खुबै रमाएका थिए । बच्चाहरुले पनि साहरुखसँग फोटो खिचाएका छन् ।



