मुसुक्क हाँस्दै अनुले कम्मर मर्काइन् (भिडियो )
कलाकार सुनिल थापाले बजाएको मादलको तालमा नायिका अनु शाह कम्मर मर्काएर मजाले नाचेकी छिन् । कुनै औपचारिक कार्यक्रममा नभएर एक चलचित्रको गीतमा अनु छमछमी नाचेकी हुन् । आउँदो पुस ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्राक्ष’मा समावेश मुसुक्क हास्यौ ए सानु…. बोलको गीतमा अनु छमछमी नाचेकी हुन् ।
सस्पेन्स तथा थि्रलर कथामा आधारित रहेर तयार पारिएको यो सिनेमालाई नृत्य निर्देशक दिनेश पाखि्रनले निर्माण गरेका हुन् । चलचित्रमा सुनिल थापा, अनु शाह, जिया के.सी. लगायतका कलाकारको अभिनय छ । चलचित्रमा समावेश मुसुक्क हाँस्दा….. बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ ।




Abuii kastoo Daaree aaimaai ?
[Reply]