बालसाहेब ठाकरेलाई नभेटेकोमा पछुताए साहरुख

शिवसेनाका प्रमुख बाल ठाकरेको शनिबार निधन भएको छ । उनको निधनप्रती बलिडका चर्चित कलाकारले दुख व्यक्त गरेका छन् ।

बाल ठाकरे र उनको पार्टी शिवसेनासँग बलिउड नायक साहरुख खानको सधै नै दुश्मनी रहन पुग्यो । चलचित्र ‘माई नेम इज खान’ प्रदर्शनको समयमा शिव सेनाका कार्यकर्ताले पोष्टर च्यातेका थिए ।

तर बाल ठाकरेको निधन पश्चात बलिउडका बाँदशाह शाहरुख खानले उनीसँग नभेटेकोमा पश्चताप व्यक्त गरेका छन् । साहरुखले ट्विटरमा लेखेका छन्, ‘व्यक्तिगत मतभेदका कारण हामीले एक अर्कासँग सम्वन्ध सुधार्ने प्रयास गरेनौ । तर अब धेरै नै ढिला भैसकेको छ । मैले बालसाहेबलाई भेट्नु पर्ने थियो, म उनलाई सधै संझिरहनेछु ।’

बाल ठाकरेको स्वास्थस्थिती बिगि्रएपछि साहरुख उनलाई भेट्न पुगेका थिए । उनले ठाकरेको स्वास्थ्य राम्रो होस् भनेर कामना समेत गरेका थिए । साहरुख र बाल ठाकरेबिच बारम्बार विवाद चर्किएको थियो । वानखेडे स्टुडियोमा साहरुखले हो हल्ला मच्चाएपछी ठाकरेले उनको चर्को आलोचना गरेका थिए । यस्तै साहरुखको पछिल्लो चलचित्र रा वनको प्रदर्शनको समयमा समेत ठाकरेले सिनेमाको बारेमा विभिन्न टिप्पणी गर्दै उनलाई हासोमा उडाएका थिए ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries