५४ करोड डलरका मालिक शाहरुख
१५ सय हातमा बोकेर दिल्लीबाट मुम्बई छिरेका वलिउड नायक शाहरुख खान विश्वकै धनी सेलिब्रेटी मध्ये एक हुन् । हलिउडका चर्चित नायक भन्दा अग्रपंक्तिमा रहेका खानको सम्पत्ती ५४ करोड डलर रहेको बताइएको छ । गतबर्ष शाहरुख ३० करोड डलरका साथ ‘दि रिचेस्ट’ नामक वेवसाइटको धनि सेलिब्रेटीको सूचीमा परेका थिए । तर यो बर्षको मध्यतिर आइपुग्दा उनको सम्पत्ती २४ करोड डलरले बढेर ५४ करोड पुगेको छ । टोम हाङ्स, ब्रान्ड पिट, विल स्मिथ, जोनी डिपका साथमा थु्रपै हलिउड नायक तथा नायिकालाई उनले चर्चासँगै सम्पत्तीको मामलामा उछिनेका छन् ।
बान्द्रामा रहेको साहरुखको ‘मन्नत’ नामक घर विश्वकै चर्चित पर्यटकिय स्थलमा मध्येको एक हो । शाहरुख आइपीएल क्रिकेटमा सहभागी टिम ‘कोलकत्ता नाईट राईडर्स’का मालिक समेत हुन् । आइपीएल क्रिकेट २०१२ को विजेता बनेपछि साहरुखको सम्पत्ती अझ बढेको बताइएको छ । यो टिमको ब्रान्ड भ्यालु ४ करोड २१ लाख डलर छ । साहरुखसँग मुम्बइको ‘मन्नत’सँगै लन्डनमा २ करोड डलर मुल्यको अपार्टमेन्ट, दुबईमा ४ अर्ब भारतीय रुपैयाको ‘पाल्प जुमेरिया’ नामको भिल्ला नै छ ।
साहरुख हाल २५ भन्दा बढि विश्वकै चर्चित ब्रान्डको प्रवर्द्धन समेत गर्छन् । टेलिचलचित्र ‘सर्कस’बाट आफ्नो अभिनय यात्रा थालनी गरेका साहरुख बलिउडमा बादशाह, किङ जस्ता उपनामले समेत चिनिन्छन् ।





Bichra sallu lai kati tauko dukho hola
[Reply]