म्युजिक नेपालको श्रष्टा सम्मान (फोटो फिचरसहित)

म्यूजिक नेपालले आफ्नो २९ औ बाषिर्कोत्सवको अवसर पारे विभिन्न श्रष्टाहरुलाई सम्मानीत तथा पुरस्कृत गरेको छ ।

म्युजिक नेपालको कार्यलय पिङ्गलास्थानमा आयोजीत एक कार्यक्रममा विभिन्न श्रष्टाहरुलाइ सम्मानीत गरिएको हो । ‘श्रष्टाको सम्मान गरौ, राष्ट्रलाई समृद्ध बनाउ’ भन्ने मूल मन्त्र बोकेर म्युजिक नेपालले सम्मान कार्यक्रम आयोजना गरेको हो ।

यसैबर्षदेखि सुरु गरिएको श्रष्टा सम्मानबाट गायक, संगीतकार तथा गीतकार सम्मानीत भएका छन् । यसबर्ष सिर्जनशिल संगीत सम्मानबाट गीतकार भावुक, गायक मणिकरत्न र संगीतकार अम्बर गुरुङलाई सम्मानीत गरिएको छ ।

सम्मानीत हुने श्रष्टालाई जनही ५० हजार नगद र ट्रफी प्रदान गरिएको छ । यस्तै लोकपि्रय संगीत पुरस्कारबाट संगीत तथा रचनातर्फ हेमन्त शिशिर पुरस्कृत भएका छन् । यस्तै गायनतर्फ गायिका अञ्जु पन्तलाई पुरस्कृत गरिएको हो । सम्मानीत हुने श्रष्टाहरुलाई २५ हजार नगद र ट्रफी प्रदान गरिएको छ ।

सम्मानीत श्रष्टाहरुलाई गीतकार किरण खरेल, कवि तथा गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणाले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायिका अञ्जु पन्त, हेमन्त शिशिर, मदनगोपाल, कुन्ति मोक्तान लगायतले आफ्नो सांगीतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries