निशाले धन्नै भगाएकी दियालाई

उसो त नायिका दिया मास्के र निशा अधिकारी दुबै महिला हुन् । तर नायिका अधिकारीले दियालाई धन्नै बिहे गरेर भगाएकी भन्ने कुरा सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । महिला समलिङ्गीहरुको कथामा आधारित रहेर तयार भएको चलचित्र सुनगाभाःडान्स अफ द अर्किड्समा काम गरिसकेपछि नायिका अधिकारीलाई दिया भगाउने सोच पलाएको हो ।

चलचित्रमा काम गरिसकेपछि कति दिनसम्म आफुमा समलिङ्गी भएको अनुभुती भयो भन्ने प्रश्नमा निशाले दियालाई धन्नै भगाएको बताईन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको युनिटले सिनेमाको बारेमा जानकारी गराएको हो ।

दुई समलिङ्गी युवतीहरुको भावनात्मक सम्बन्धलाई मूल बिषय बनाएर निर्माण गरिएको यो सिनेमालाई आमी फिल्मस् र सिते फिल्मस्ले निर्माण गरेका हुन् । चलचित्रमा अधिकांश प्राविधिक टोली फ्रान्सका छन् । चलचित्रमा सारा कोर्नूको छायांकन, सिल्भाँ मोरिजे र कुटुम्बको संगीत, सिल्भी गाद्मेरको सम्पादन छ ।

चलचित्रमा निशा र दिया अलवा सौगात मल्लको समेत मुख्य भुमिका छ । दुई समलिङ्गी महिलाहरुको कथालाई मुख्य बिषय बनाएर तयार पारिएको यो चलचित्रलाई नेपाली दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।

 

 

One Comment on “निशाले धन्नै भगाएकी दियालाई”

  • Manoj Sharma wrote on 12 November, 2012, 7:00

    i love you so much Nisha….i had a sweet dream to have a coffee with you one day…

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries