पोष्टरमा नअटेपछि नायकले निर्देशकको खुट्टा भाँच्ने

सिनेमा क्षेत्रमा आफ्नो स्थान बलियो बनाउन भन्दा पनि केही दिन चर्चामा आउनकै लागि रजतपटमा प्रवेश गर्ने कलाकारको उपस्थिती बाक्लिदै गएको छ ।

यसैक्रममा एक नायकले पोष्टरमा आफ्नो फोटो नराखेको भन्दै निर्देशकको खुट्टा भाच्ने धम्की दिएका छन् । चलचित्र ‘चन्द्रावती’ का नायक कुशल थापाले प्रचारका लागि तयार पारेको पोष्टरमा आफ्नो फोटो नराखेको भन्दै निर्देशक राजु गिरीको खुट्टा भाच्ने धम्की दिएका हुन् । पोखरामा रहेका कुशलले राजुलाई सिनेमा चलाउन पोखरामा त आउनु पर्छ नि हैन, म केटा लगाएर खुट्टा भाचिदिन्छु भन्दै धम्की दिएको श्रोतले बताएको छ । कुशलले निर्माता संजय बुलुनलाई पनि पोखरामा सिनेमा चलाउन आउनु पर्ला नि हैन भन्दै घुमाउरो पाराले धम्की दिएका छन् ।

कुशलले अहिलेको समयमा राजेश हमाल , आयुष रिजाल भन्दा आफु नै चल्ने भन्दै धम्की दिएका छन् । यसबारेमा वुझ्न खोज्दा निर्माता संजय बुलुनले आफ्नो लगानी रहेकाले को कलाकारलाई कस्तो स्थान दिने भन्ने निर्णय आफ्नो हुने बताए ।

मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चन्द्रावती’ मा राजेश हमाल, युना उप्रेती, शशि खड्का, आयुष रिजाल, शशि खड्का, कुशल थापा लगायतका कलाकारको अभिनय छ । एक ऐतिहासिक कथावस्तुमा तयार भएको चलचित्रमा आयुष र शशिको उत्तेजक दृश्य समेत समावेश गरिएको छ । यो दृश्यका कारणले पनि चलचित्रले अहिले बजार तताइरहेको छ ।

 

2 Comments on “पोष्टरमा नअटेपछि नायकले निर्देशकको खुट्टा भाँच्ने”

  • huhuihu wrote on 10 November, 2012, 7:22

    yo nchaalnii filma hoo, kona arko laai khuttaa vaachni vnnu parreeyoo ? yo Film challdaina.

    [Reply]

  • Gairako kailo wrote on 10 November, 2012, 8:30

    HA HA HA HA HA HA WHAT’S FUN HA HA HA

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries