‘लाखौ कोशिश’ बोलको गीत राजु लामाको नभएको खुलासा (भिडियो सहित)

राजु लामाले आवाज भरेको ‘लाखौ कोशिश गर्दा पनि’ बोलको गीत अहिले पनि श्रोताको मुखमा झुण्डिएको छ । तर यो गीत राजु लामाले भन्दा अघि नै अर्का एक गायकले गाएको खुलासा भएको छ ।

गायक जीवन लामाले २०५९ सालमा आफ्नो पहिलो सोलो एल्बम ‘अनुभव’ मा यो गीतलाई गाएका थिए । तर २०६७ सालमा इन्दिरा पुनको कलेक्सन एल्बम ‘लाखौ कोशिश’ मा राखिएको यो गीतले चर्चा पायो । गीतको चर्चा सँगै गायक राजु लामाले यो गीत गाएको सन्देश श्रोतामा गएको थियो ।

२०५९ सालमा धौलागिरी क्यासेट सेन्टरबाट आएको ‘अनुभव’ एल्लबमको लाखौ कोशिश बोलको गीतमा दिपेन्द्रमान सिंहको संगीत समावेश थियो । तर ‘लाखौ कोशिश’ एल्बममा भने सरोज लामाको संगीत छ । इन्दिरा पुनले सरोजसँग यो गीत किनेर राजु लामालाई गाउन दिएकी थिइन् ।

गायक जीवन लामा क्यानडामा रहेकाले अन्यायमा परेर पनि केहीगर्न नसकेको बताउँछन् । उनले क्यानडाबाट भने, ‘म बिदेशमा रहेकाले कुनै कानुनी प्रक्रियामा जान सकेको छैन ।’ गायक जीवन लामा र राजु लामाले गाएको लाखौ कोशीश गर्दा पनि बोलको गीत को भिडियो यस्तो छ ः

 

राजु लामाले गाएको गीत यस्तो छ

One Comment on “‘लाखौ कोशिश’ बोलको गीत राजु लामाको नभएको खुलासा (भिडियो सहित)”

  • haram wrote on 10 November, 2012, 6:13

    This is dacoit act!!!!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries