यश चोपडाको गृहनगरमा साहरुख, फ्यानले खाए कुटाई (फोटो फिचरसहित)

यशराज फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘जब तक हे जान’ को प्रमोशन निर्देशक यश चोपडाको गृहनगर जालंधरबाट सुरु गरिएको छ । यश चोपडा यो सिनेमाको प्रमोशनको सुरुवात आफ्नै गृहनगरबाट होस् भन्ने चाहन्थे ।

चलचित्रको प्रमोशनका लागि नायक साहरुख खानका साथमा दुई नायिका कटि्रना कैफ र अनुष्का शर्मा पुगेका हुन् । जालंधरस्थित क्लब कबानामा आयोजित कार्यक्रममा बोल्दै नायक खानले भने, ‘यश चोपडा सधै मेरो दिलमा रहनेछन् । उनी आफ्नो सिनेमा मार्फत खुशी र माया बाड्न चाहन्थे । यसैले उनको निधनपछि पनि मैले दुख नमनाई खुशी बाडिरहेको छु । यो काम म आगामी दिनमा पनि जारी राख्नेछु ।’

‘जब तक हे जान’ का तिन कलाकार क्लब कबानामा पुग्दा उनीहरुलाई फ्यान र शुभचिन्तकले घेरेका थिए । साहरुख वा सलमानमध्ये को सँग काम गर्न सजिलो लाग्यो भनि नायिका नायिका कटि्रना कैफलाइ सोधिएको प्रश्नमा उनले साहरुख सहयोगी रहेको बताइन् । तर कटि्रनाको जवाफ आउनु अघि नै साहरुखले यो प्रश्न आफ्नो अघि नसोध्न आग्रह गरेका थिए ।

नोभेम्बर १३ बाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जब तक हे जान’ को प्रमोशनका लागि चलचित्रका कलाकारहरु लागि परेका छन् ।

साहरुख भेट्न खोज्नेले खाए कुटाई

साहरुख खानको एक झलक पाउन र उनलाई भेट्नका लागि फ्यानहरु तछाडमछाड गर्छन् । जालंधरमा साहरुखलाई भेट्न चाहने केही फ्यानहरुले सुरक्षाकर्मीको कुटाई खाएका छन् । अमेरिकामा बस्दै आएकी पि्रयंका साहरुखको फ्यान हुन् । प्रहरीसँग लामो समय अनुरोध गरेपछि उनलाई भित्र प्रवेश गर्न दिइएको थियो । तर साहरुखका वडिगार्डले रोकेपछि उनले खानलाई भेट्न पाईनन् ।

साहरुखका अर्का फ्यान संजय शर्माले समेत उनलाई भेट्न पाएनन् । साहरुखलाई भेट्न कार्यक्रम स्थल प्रवेश गर्न खोज्दा उनलाई सुरक्षाकर्मीले रोकिदिए । उनले जिद्दी गरेपछि सुरक्षाकर्मीले लाठि प्रहार गरेका थिए । साहरुखलाई भेट्न गेटबाहिर बसेका कैयौ युवायुवतीलाई पनि प्रहरीले लाठी प्रहार गरेको थियो ।

 

One Comment on “यश चोपडाको गृहनगरमा साहरुख, फ्यानले खाए कुटाई (फोटो फिचरसहित)”

  • aluman wrote on 9 November, 2012, 9:34

    murkha harule chutai khanai parcha

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries