यशराज व्यानर विरुद्ध अजयले हालेको मुद्दा खारेज
नायक अजय देवगनले यशराज व्यानर विरुद्धमा दायर गरेको उजुरी कम्पिटिशन कमिशन अफ इण्डिया सीसीआई) ले खारेज गरेको छ । यशराज फिल्मस्ले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै अजयले उजुरी दर्ता गराएका थिए ।
मुद्दा खारेज गर्दै सीसीआइले उजुरीको कुनै आधार नभएको बताएको छ । अजयको फिल्म कम्पनी अजय फिल्मस् कम्पनीले दायर गरेको मुद्दामा भनिएको थियो, ‘यशराज फिल्मस्ले आफ्नो शक्तिको दुरुपयोग गर्दै फिल्म वितरकहरुलाइ ‘जब तक हे जान’ का लागि धेरै भन्दा धेरै हल उपलव्ध गराउन दबाब दिइरहेको छ ।’
तर सीसीआइले अजयले दायर गरेको उजुरीमा कुनै आधार नभएको भन्दै मुद्दा खारेज गरेको हो । मुद्दाको खारेजीसँगै ‘सन अफ सरदार’ लाई ठूलै घाटा लाग्ने देखिएको छ । यदि मुद्दा जितेको खण्डमा ‘सन अफ सरदार’ ले ‘जब तक हे जान’ बराबरहको हल पाउने निश्चित थियो ।
सीसीआईका एक अधिकारले मुद्दा खारेज गरिएको पुष्टि गरेका हुन् । अजयले दायर गरेको उजुरी कमिसन अफ इण्डियाको नियमको घेरामा नपर्ने अधिकारीको भनाइ छ ।
यसैबिच यशराज फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘जब तक हे जान’ भारत बाहिरका विभिन्न देशका ६ सय ५० पर्दामा प्रदर्शनमा आउने निश्चित भएको छ । भारतीय संचारमाध्यमका अनुसार यो संख्या हिन्दी सिनेमाका लागि निक्कै ठूलो हो । ‘जब तक हे जान’ पाकिस्तानमा पनि प्रदर्शनमा आउने भएको छ । नोभेम्बर १३ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र पाकिस्तानमा भने नोभेम्बर १६ बाट प्रदर्शनमा आउने पक्का भएको छ । यस्तै ‘जब तक हे जान’ अष्ट्रेलिया, न्युजिल्याण्डमा लगायतका देशमा नोभेम्बर १४ बाट प्रदर्शनमा आउदैछ । यो चलचित्र नोभेम्बर १३ मा भारतसँगै अमेरिका, बेलायत, युएई, क्यानडा लगायतका देशमा प्रदर्शन हुदैछ ।




Shahrukh Khanko thulai fan parecha ki k ho yo patrakar… nikai Jab Tak Hai Jaan ko gungan garya cha
[Reply]
King Khan is the best actor in Bollywood.
[Reply]
Shahrukh Khanko thulai fan bhanda pani ramro kura or manchhe ko jo pani fan hunu sovabik nai ho ni, hoena ta mitra?
[Reply]
Woot, I will ceritalny put this to good use!
[Reply]