‘जब तक हे जान’ को अघि निरिह भो ‘सन अफ सरदार’

तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेको अजय देवगन निर्मित चलचित्र ‘सन अफ सरदार’ लाई व्यापारिक रुपमा ठूलै घाटा लाग्ने देखिएको छ । प्रचारप्रसार र दर्शकको रोजाइमा ‘जब तक हे जान’ भन्दा धेरै नै पछि परेको ‘सन अफ सरदार’ ले भारतका मुख्य शहरमा थोरै मात्र हल पाएको छ । भारतका मल्टिप्लेक्स देखि सिंगल स्क्रीनमा समेत थोरै मात्र हल पाएपछि ‘सन अफ सरदार’ ले कमजोर व्यापार गर्ने आँकलन हुन थालेको छ ।

दिल्लीका २० वटा सिंगल स्क्रीनमध्ये ‘सन अफ सरदार’ ले जम्मा तीन हल पाएको छ । जबकी १७ वटा हलमा ‘जब तक हे जान’ लाग्ने पक्का भएको छ ।यस्तै बैंगलोरमा रहेका १२ सिंगल स्क्रीन मध्ये २ वटामा मात्र ‘सन अफ सरदार’ लाग्ने भएको छ । सौराष्ट्रमा पनि ‘सन अफ सरदार’ निक्कै पछि छ । सौराष्ट्रमा ‘जब तक हे जान’ १८ वटा सिंगल स्क्रीनमा प्रदर्शनमा आउने पक्का भएको छ भने ‘सन अफ सरदार’ ले जम्मा ३ हल पाएको छ । हैदराबादमा ‘जब तक हे जान’ १८ हलमा र ‘सन अफ सरदार’ २ हलमा प्रदर्शनमा आउने भारतीय संचारमाध्यमले जनाएका छन् । भारतका मुख्य मुख्य शहरमा ‘सन अफ सरदार’ का लागि २० सिंगल स्क्रीन पनि खाली नहुने देखिएको छ ।

‘जब तक हे जान’ ले सिंगलसगै भारतका अधिकांश मल्टिप्लेक्स हलमा पनि आफ्नो पकड जमाएको छ । भारतका ७० प्रतिशत मल्टिप्लेक्स हलमा ‘जब तक हे जान’ प्रदर्शनमा आउने छ । जबकी ‘सन अफ सरदार’ ले ३० प्रतिशत मल्टिप्लेक्स हल ओगट्ने छ । यशराज फिल्मस्ले भारतका अधिकांश हल ओगटेपछि ‘सन अफ सरदार’ का निर्माता तथा नायक अजय देवगनले ‘कम्पीटिशन कमिशन अफ इन्डिया’मा उजुरी दर्ता गरेका छन् । यशराज व्यानरले आफ्नो शंक्ति दुरुपयोग गरेको भन्दै अजयले उजुरी दर्ता गरेका हुन् ।

भारतमा पछिल्लो समय सिनेमाको प्रदर्शन र व्यापारको आँकडामा फेरबदल आएको छ । पहिलो हप्तामा सिनेमाले सर्वाधिक कमाई गर्ने र यसपछि व्यापार कमजोर हुने गरेको छ । पहिलो सातामा व्यापार धेरै गर्नका लागि धेरै हलमा सिनेमा प्रदर्शनमा आउनु जरुरी छ । यसरी हेर्दा ‘जब तक हे जान’ को अघि अजय देवगनको ‘सन अफ सरदार’ निरिह हुने देखिएको छ । यसराज फिल्मस्को व्यानरमा तयार भएको ‘जब तक हे जान’ मा साहरुख खान, कटि्रना कैफ, अनुष्का शर्मा लगायतका कलाकारको अभिनय छ । यश चोपडाको निधन भएपछि ‘जब तक हे जान’ हेर्न दर्शकको उत्सुकता झनै बढेको छ । यश चोपडाको अन्तिम सिनेमा भएकाले पनि ‘जब तक हे जान’ ले २ सय करोडको व्यापार गर्ने आँकलन बलिउड पण्डितहरुले गर्न थालेका छन् ।

साहरुख ओभरसिजमा बलिउडकै सबैभन्दा चर्चित र सफल कलाकार मानिन्छन् । सर्वाधिक चलेका १० बलिउड सिनेमाको सूचिमा ७ वटा साहरुख खानले अभिनय गरेका सिनेमा पर्छन् । यसैले पनि भारतसँगै ओभरसिजमा ‘जब तक हे जान’ को व्यापार ले रेकर्ड कायम गर्ने धेरैको विश्लेषण छ ।

 

8 Comments on “‘जब तक हे जान’ को अघि निरिह भो ‘सन अफ सरदार’”

  • Dipak wrote on 5 November, 2012, 11:40

    srk and jab tak he jaan rocks

    [Reply]

  • pitar shrestha wrote on 5 November, 2012, 15:58

    jab tak hai jaan will be blockbuster….

    [Reply]

  • Suraj Maharjan wrote on 6 November, 2012, 5:19

    Yespali ni, Don 2 ra Ra. One ko jastai haal hunchha Shah Ruhk ko…..Dherai Hall payera k garne, Herne manchhe hunu paryo ni……….TYo Fyaaaafya garne ko acting kalle mann parau chhan ra…….

    [Reply]

    sameer Reply:

    taile na man paraaeni aru haru chan .ta chuppa laage ra ghar mai bas ani cartoon her,essai pani bacchha haru le film hernu hudaina

    [Reply]

    sana Reply:

    ho ho theek bhaneu… bacha harule kaha film lai bujhxan ta cartoon and tom and jerry herne le skr lai man paraune bela bhayekai xaina love u srk.. film flop bhaye pani skr is the badsha and he is the superhero

    [Reply]

    gopal dulal Reply:

    tero bau le man parauchha sala…talai man parena bhanera hunchha….

    [Reply]

    salim Reply:

    sale shahrukh khan lai teso bhanchas,, He is superhero and best actor all over the world, and look his movie will be one of the greatest hit in box office, So ta naja hall ma ta bayak sab janchan, tattu……….

    [Reply]

  • angi wrote on 7 November, 2012, 7:33

    ho kuro thik ho ..

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries